आज :

रास्वपाले यी क्षेत्रमा बनायो अग्रता (सूचीसहित)

  • अनलाइन डबली

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा रहेकी छन्।

त्यस्तै काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित अघि छन् भने काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता कायम गरेका छन् ।

यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अगाडि रहेका छन् ।

मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन् ।
रास्वपाले अग्रता बनाएका क्षेत्रहरू
काठमाडौं–१ : रञ्जु न्यौपाने – ९,०७८ मत
काठमाडौं–८ : विराज भक्त श्रेष्ठ – ७,६१७ मत
काठमाडौं–१० : प्रदीप विष्ट – ६,०४२ मत
काठमाडौं–५ : सस्मित पोखरेल – ३,७०० मत
काठमाडौं–४ : पुकार बम – २,५२९ मत
काठमाडौं–७ : गणेश पराजुली – २,८३३ मत
काठमाडौं–६ : शिशिर खनाल – २,२३८ मत

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal