आज :

सर्लाहीको बलरा मतदान केन्द्रमा विवाद, ढुंगामुढापछि केही बेर रोकिएको मतदान पुन: सुरु

  • अनलाइन डबली

सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित एक मतदान केन्द्रमा प्रतिनिधिबिच विवाद हुँदा ढुंगामुढा भएको छ । विवाद बढ्दै गएपछि केही समयका लागि केन्द्रको अवस्था तनावपूर्ण बनेको थियो ।

प्राप्त जानकारी अनुसार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबिच बिहानैदेखि सामान्य विवाद सुरु भएको थियो। पछि विवाद चर्किँदै जाँदा दुवै पक्षबिच ढुंगामुढा हुन पुगेको हो ।

विवादका कारण करिब आधा घण्टासम्म उक्त केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको थियो। पछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरू घटनास्थलमा पुगेर अवस्था सामान्य बनाएपछि मतदान पुनः सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal