आज :

मतदानपछि निर्वाचन आयोगका कार्यवाहक प्रमुख भण्डारीले भने– मतपेटिका संकलन भएको २४ घण्टाभित्र परिणाम

  • अनलाइन डबली

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

भण्डारी आज ९विहीबार० बिहानै काठमाडौं महानगरपालिका वडा नं २९ को अनामनगर मिलन विद्यामन्दिर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकारको प्रयोग गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबैले आ–आफ्नो तहबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गरे ।

‘उत्साहपूर्वक र शान्तिपूर्वक मतदान भइरहेको छ । मतदान प्रक्रियामा सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गर्दछु’ उनले भने ।

उनले सर्वसाधरणहरुले एकदेखि दुई मिनेटमा मतदान गर्न सक्ने पनि बताए । साथै, उनले मतपेटिका संकलन भएको २४ घण्टामा भित्र मत गणना गरेर परिणाम सार्वजानिक गर्ने पनि बताए ।

‘मतपेटिका संकलन भएपछि २४ घण्टा भित्र मत गणना गरेर परिणाम सार्वजनिक गर्छौं । हिमाली क्षेत्रमा पनि मतदान भइरहेको छ, पाँच बजेसम्म मतदान सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal