
काठमाडौँ । लामाे समय पत्रकारिता मार्फत भाषा, संस्कृति, सम्पदा, चाडपर्व र माैलिकताकाे जर्गेनामा अतुलनीय याेगदान पुर्याउनुभएका वरिष्ठ पत्रकार र इतिहास खोज अनुसन्धान कर्ता पदम श्रेष्ठ निधन भएको छ। पछिल्लाे समय जाती ,धर्म, इतिहास विषयमा खाेज पुस्तक प्रकाशन गर्दै अाएका श्रेष्ठकाे २०८२ फागुण १३ गते बुधबार ५७ वर्षको उमेरमा मष्तिस्क घात (ब्रेन ह्यामरेज) का कारण लाजिम्पाट निलसरस्वती स्थति आफ्नै निवासमा निधनकाे भएकाे हो। स्वर्गीय श्रेष्ठका भाइ मदन श्रेष्ठका अनुसार कम्प्युटरमा काम गर्दागर्दै लेखक श्रेष्ठ ढल्नुभएको थियो ।
नेपालकाे चर्चित खबर पत्रिका सन्ध्याकालीन दैनिक महानगर दैनिकमा लामाे समयसम्म आवद्द रहेका श्रेष्ठ पछिल्लो समय अनलाइन डबलीमा आबद्द थिए ।
पत्रकारिता मार्फत लाेपाेन्मुख, माैलिक जर्गेनामा कलम चलाउदै आएका श्रेष्ठका चर्चित पुस्तक नेपाल मण्डल सम्पदा , नेवार लगाएत अनगिन्ति पुस्तकहरु प्रकाशनमा रहेका छन्।
२०२५ असोज ६ गते काठमाडौँमा जन्मनुभएका श्रेष्ठका पछिल्लो समय दक्षिन्कालि नगरपालिका अन्तर्गत फर्पिंगमा बस्दै आएका थिए। सरल, सहयाेगी व्यक्तित्व स्वर्गीय श्रेष्ठका दुई परिवारबाट एक छोरी र एक छोरा छन्। स्वर्गीय श्रेष्ठको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।


अनलाइन डबली


