आज :

रवि लामिछानेले गरे जनकपुरधामको जानकी मन्दिरमा दर्शन एव् पूजापाठ

  • अनलाइन डबली

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन एवम पूजापाठ गरेका छन् ।
बुधबार दिँउसो जनकपुरधाम आईपुगेका लामिछानेले धनुषाका विभिन्न क्षेत्रका उम्मेदवारहरुसंगै पूजापाठ गरेका हुन् ।

पूजापाठ सम्पन्न गरेर उनले जानकी चोकमा सम्बोधन गर्दै रास्वपाले अघिल्लो चुनावमा सुशासनको कुरा गरेपनि विभेदको कुरा गर्न चुकेको बताए ।
उनले यसपटक विभेदको अन्त्यसंगै सुशासनको स्थापनका लागि प्रतिबद्ध रहेको बताए । लामिछानेले आफ्ना उम्मेदवारहरुलाई जिताएर पठाउने जिम्मा जनताको र इमान्दारीपूर्वक काम गर्ने जिम्मा आफूहरुको भएको बताए ।

लामिछानेले जनकपुरधामको विघौविघा जग्गा गैरकानुनी रुपमा विक्री भएको प्रति रास्वपालाई जानकारी भएको बताए । उनले मन्दिरको ती जग्गा किनबेच गर्नेलाई रास्वपाको सरकारले तह लगाउने र कानुनको दायरामा ल्याउने जानकारी दिए । रवि लामिछाने आजै महोत्तरीलगायत मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal