आज :

रास्वपा सभापति लामिछाने आज सर्लाही आउँदै

  • अनलाइन डबली

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज सर्लाही आउने भएका छन् ।

रास्वपा नेता तथा सर्लाही-४ का उम्मेदवार डा.अमरेश कुमार सिंहले हिजो (मंगलबार) नै सभापति लामिछाने भोलि सर्लाही–४ मा आउने जानकारी दिँदै सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्साहपूर्वक उपस्थित भई सभापति लामिछानेलाई स्वागत गर्न अनुरोध गरेका थिए ।

सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन् । उनि दिउँसो २:१५ बजे सर्लाहीको लाल बन्दी आउने छन् । त्यसपछि बयल बास, हरिपुर्ला, मलंगवा, गोडैत, बलरा, सिसौट, धनकौल, बरहथवा, नयाँ रोड हुँदै साँझ ५:१० बजे रौतहटतर्फ जाने बताइएको छ ।

सभापति लामिछानेको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप तातिने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू स्वागत कार्यक्रमलाई सफल बनाउन सक्रिय रूपमा जुटेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal