आज :

प्रतिनिधि सभा निर्वाचन : बाजुरामा ७ सय कर्मचारी खटाइँदै

  • अनलाइन डबली

बाजुरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि बाजुरामा ७०० जना निर्वाचन कर्मचारी खटाइने भएको छ । निर्वाचन सम्पन्न गराउन सो सङ्ख्यामा कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयले आइतबार मतदान अधिकृतसहितका कर्मचारीको नामावली सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले हस्ताक्षरित गरेको सार्वजनिक सूचनामा ११८ मतदान केन्द्रमा ७०८ जना कर्मचारीको नामावली सार्वजनिक गरिएको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउनका लागि निर्वाचनका कर्मचारी छनोट गरी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बाजुराका ७७ मतदान स्थलका ११८ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित कर्मचारी छनोट गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताएका छन् ।

बाजुरामा ६२ मतदान केन्द्र अतिसंवेदशिल,१२ वटा संवेदनशील र ३ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

बाजुरामा ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । जसमा ४२ हजार ४३१ महिला, ४५ हजार ४२८ पुरुष र २ जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal