आज :

अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने

  • अनलाइन डबली

काठमाडौं । अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने भएको छ । ओमानका विदेशमन्त्री बदर अल बुसैदीले सामाजिक सञ्जाल एक्समार्फत वार्ताको पुष्टि गर्दै सम्झौता टुंग्याउन सकारात्मक पहल भइरहेको बताएका छन् ।

यसैबीच, क्षेत्रीय तनाव बढिरहेका बेला अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति मजबुत बनाइरहेको छ । पेन्टागन अधिकारीहरूको सूचनाका आधारमा कतारस्थित अल उदेइद आधारबाट सयौं सैनिक सारिएका छन् । साथै बहराइन, इराक, सिरिया, कुवेत, साउदी अरेबिया, जोर्डन र यूएईस्थित अमेरिकी सैन्य संरचनामा समेत रणनीतिक हेरफेर गरिएको जनाइएको छ ।

द जेरुसेलम पोष्टले इरानको संयुक्त राष्ट्रसंघस्थित नियोगले दिएको चेतावनी उद्धृत गर्दै अमेरिका आक्रमणमा उत्रिए क्षेत्रका सबै अमेरिकी सैन्य अड्डा र सम्पत्ति वैध लक्ष्य बन्ने उल्लेख गरेको जनाएको छ । हाल मध्यपूर्वमा ३० देखि ४० हजारसम्म अमेरिकी सैनिक तैनाथ रहेको बताइन्छ ।

यसैबीच, डोनाल्ड ट्रम्पले इरानलाई १०–१५ दिनभित्र आणविक सम्झौतामा सहमति जनाउन चेतावनी दिएका छन् । उनले “हामी सम्झौतामा पुग्छौं, नत्र परिणाम दुर्भाग्यपूर्ण हुनेछ” भन्दै समयसीमा तोकेका छन् । तनावका बीच अमेरिका वायु रक्षा प्रणाली मध्यपूर्वमा सार्दै आफ्ना सैन्य संरचना र स्वार्थको सुरक्षा सुदृढ गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal