आज :

भक्तपुर २ मा राजीव खत्रीको घरदैलो, जनताले मत परिर्वतन गर्न चाहेको दाबी

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राजीव खत्रीले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । आइतबार उनले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।

घरदैलो कार्यक्रमका क्रममा खत्रीले मतदाताहरुको प्रतिक्रिया सकरात्मक पाइरहेको बताए । उनले सबै जनाले मत परिवर्तन, रुपान्तरण र पुस्तान्तरणका लागि हो भन्ने कुरा बुझेकाले सबै जनताले मत परिर्वतन गर्न चाहेको बताए ।

उनले भने, ‘चुनावी घरदैलो कार्यक्रममा आएका प्रतिक्रियालाई सकरात्मक पाइरहेका छौं । सबै जनाले मत परिवर्तन, रुपान्तरण र पुस्तान्तरणका लागि हो भन्ने कुरा बुझ्नु भएको छ । त्यहि अनुसार हार्दिकता देखाएर हामी मत बदल्छु भन्ने अवस्था जनताले देखाउनु भएको छ । मतदाताहरुको अपेक्षा शुसासन हो । भ्रष्टाचार नियन्त्रणका कुराहरु हुन् । ठूलो अपेक्षा राख्नु भएको छैन ।’

मतदातासँगको संवादमा उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal