आज :

भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार उल्लङ्घनको घट्ना उल्लेख्य

  • अनलाइन डबली

काठमाडौं । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२६ सार्वजनिक गरिएको छ ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त पुस्तक सार्वजनिक गरिएको हो । समारोहमा सरोकारवालाहरुले नेपालमा पछिल्लो समय मानव अधिकारको अवस्था खस्किदै गएको औंल्याए ।
कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय,पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुखमा डा.कुन्दन अर्यालले मानव अधिकारको स्थिति झन्–झन् सुध्रिदैै जानुपर्नेमा ३५ वर्षपछि गत भाद्र २३ र २४ को घट्नाले स्तब्ध हुने अवस्था आएको बताए ।
घट्नामा ७७ जनाको ज्यान गएको मात्र नभई प्रहरीको गोली टाउकोमा, छातीमा पेटमा लाग्नु मानव अधिकारको उल्लङ्घन भएको पुस्तकले प्रष्ट उल्लेख गरेको उनले जानकारी दिए ।
उनले भने,‘पुस्तकले नेपालको अहिलेको अस्थालाई बोलेको छ । मानव अधिकारको स्थिति झन्–झन् सुध्रिदैै जानुपर्नेमा ३५ वर्षमा एउटा यस्तो अवस्था आयो जहाँ हामी स्तब्ध भयौं । यसको मुख्य कारण भदौं २३ र २४ को घट्नामा ७७ जनाको ज्यान मात्र गएन, मानिसलाई प्रहरीको गोलीबाट टाउकोमा, छातीमा, पेटमा लागेको छ । त्यो कुरा मानव अधिकार वर्ष पुस्तकले प्रष्ट उल्लेख गरेको रहेछ, वर्षको पुस्तकमा ४४४ पृष्ठको पुगेछ ।’
त्यस्तै उनले डिजिटल प्लेटफर्मलाई कुनै पनि हालतमा बन्देज गर्नुहुँदैन् ,यो अभिव्यक्ति स्वतन्त्रको माध्यक हो भन्ने विवादको छलफलगरी समाधान अझैपनि नगरिएको बताए । अब चुनाव पछाडि पनि यही विषय मानव अधिकारको विषयमा असाध्यै जोडिएर आउने उनको भनाई छ ।
कार्यक्रममा डा.गौरीशंकरलाल दास, सुशील प्याकुरेल, शम्भुराम सिम्खडा, वरिष्ठ कूटनीतिज्ञ डा.शम्भुराम सिम्खडा, श्यामकुमारी शाहलगायतले मानव अधिकारको पछिल्लो अवस्थाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal