आज :

सामाजिक सञ्जालमा भ्रामक सामग्रीप्रति सजग रहन प्रहरीको अनुरोध

  • अनलाइन डबली

—————-

काठमाडौं । काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीलाई हातपात गरी दुव्र्यवहार गर्ने सवारी चालक प्रहरी नियन्त्रणमा परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी पवन कुमार भट्टराईका अनसार प्रहरीले घटना सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइरहेकोे छ ।

सो घटनापछि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट भ्रामक फोटो, भिडियो तथा अन्य सूचना तथा एआई सिर्जित श्रव्य–दृश्य सामग्रीहरू सम्प्रेषण भएका विषय जिल्ला प्रहरी परिसर काठमाडौंको संज्ञानमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रवक्ता भट्टराईका अनुसार अनुसन्धान भइरहेको विषयमा सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण गर्ने कार्य पुनः अनुसन्धानको विषय बन्न सक्ने भएकाले यसप्रति सजग रहन सबैलाई अनुरोध गरिएको छ । साथै, सामाजिक सञ्जाल प्रयोग गर्दा सार्वजनिक जबाफदेहिता पालन गर्ने मानविय कर्तव्य पूरा गर्न सबैसँग हार्दिक अनुरोध गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिकहरूलाई कानुन पालन गर्ने र गलत सूचना फैलाउनबाट बच्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal