
कैलाली । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नं. ५ मा चुनावी माहोल निकै तातेको छ । यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आलेले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका नेता आलेले घरदैलो कार्यक्रममार्फत स्थानीयवासीका गुनासा, समस्या र सुझावहरू संकलन गर्दै विकासका एजेन्डासहित मत मागि रहेका छन् ।
घरदैलो कार्यक्रम अन्तरगत उनले टोल–टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गरेका छन् । उनले आफू विगतमा काम गरेर देखाइसकेको नेता भएको उल्लेख गर्दै जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘जनताको घरदैलोमै पुगेर समस्या सुन्नु नै मेरो पहिलो दायित्व हो । चुनाव जित्नु मात्र लक्ष्य होइन, जनविश्वास कायम राख्नु ठूलो जिम्मेवारी हो । मैले जनतासँग गरेका वाचा पूरा गर्ने छु ।’
यसैगरी उनले धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नति, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबिबिएस पढाई सञ्चालन, खुटिया–बिपीनगर–दिपायल–बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडक निर्माण, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र शिक्षाको विकासलाई आफ्नो मुख्य एजेन्डा बताए ।


अनलाइन डबली


