आज :

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

  • अनलाइन डबली

दिपेश पौडेल –

रौतहट ।  जिल्ला प्रहरी कार्यालय रौतहटले गत माघ महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीले अपराध नियन्त्रण, राजस्व संकलन र समुदाय–प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार माघ महिनामा मात्रै विभिन्न प्रकृतिका ७७ वटा आपराधिक मुद्दा दर्ता भएका छन्। जसमा ज्यानसम्बन्धी ७, आत्महत्या ८, चोरी २ र सामाजिक अपराधका २३ मुद्दा रहेका छन्। पछिल्लो समय आर्थिक अपराधको चुनौती थपिँदै जाँदा बैंकिङ कसुरका मात्रै १७ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाउँछ।
त्यसैगरी, अदालतबाट सजाय सुनाइएका तर फरार रहेका ४१ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। चालु आर्थिक वर्षमा दर्ता भएका २८४ साधारण उजुरीमध्ये १७३ वटा फछ्र्यौट भइसकेका छन् भने बाँकी १११ उजुरीमाथि कारबाही प्रक्रिया जारी रहेको वस्यालले जानकारी दिए।
लागुऔषध नियन्त्रण अन्तर्गत प्रहरीले एक जनालाई पक्राउ गरी उनको साथबाट डाइजेपाम, फेनारगन र नुरफिन गरी कुल १,५०० पिस बरामद गरेको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध चोरीपैठारी नियन्त्रणका क्रममा ६२ लाख ८९ हजार ९३० रुपैयाँ बराबरका अवैध सामान र ५ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। प्राकृतिक स्रोत दोहनतर्फ दुई सवारी साधनलाई कारबाही गरी जरिवाना समेत गरिएको छ।
माघ महिनामा जिल्लाका विभिन्न स्थानमा भएका ९२ वटा सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् भने १२९ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने ७४५ सवारी साधनलाई कारबाही गर्दा ७ लाख ८२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले बताए। प्रहरीले दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको निष्कर्ष निकालेको छ। प्रहरीले अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal