आज :

चलचित्र ‘कुमारी’ र ‘रम्मिताको पिरती’ आजदेखि एकसाथ प्रदर्शनमा

  • अनलाइन डबली

काठमाडौं । आज (शुक्रबार)देखि दुई नयाँ नेपाली फिल्महरु ‘कुमारी’ र ‘रम्मिताको पिरती’ प्रदर्शनमा आएका छन् ।

दिनेश राउतद्वारा निर्देशित ‘कुमारी’ र सुदीप्ता अधिकारीद्वारा निर्देशित ‘रमिताको पिरती’ आजदेखि देशव्यापी प्रदर्शनमा आएका हुन् ।

फिल्म ‘कुमारी’ ले सिनेमा हलमा सबैभन्दा बढी १ सय ५२ शो पाएको छ भने ‘रमिताको पिरती’ ले ९३ शोज पाएको छ ।
‘कुमारी’ आकृति राजभण्डारी र अभिषेक खड्काको डेब्यू फिल्म हो ।

निर्माता महेन्द्र अधिकारीको यो फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठलगायतको अभिनय रहेको छ ।
त्यस्तै ‘रमिताको पिरती’ फिल्ममा आना शर्माले रमिताको शीर्ष भूमिका निर्वाह गरेकी छिन् ।

यो फिल्ममा गायक समीर श्रेष्ठका साथमा धीरज मगर र विनय श्रेष्ठले पनि यसमा अभिनय गरेका छन् । एक घण्टा ५५ मिनेट रनटाइमको यो फिल्मले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal