आज :

राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय झण्डा सम्मान अभियान नेपालले सोमबार दिउँसो ३ः३० बजे निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।
अभियानका संयोजक गोविन्द पौडेलका अनुसार उक्त कार्यक्रममा राष्ट्रिय झण्डा सम्मानप्रेमी नेपाली नागरिकहरूको सहभागिता रहनेछ ।

राष्ट्रिय झण्डाको सम्मान, संरक्षण तथा यसको गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ अभियानले ध्यानाकर्षण पत्र बुझाउन लागेको हो ।
पछिल्लो समय निर्वाचनका लागि उम्मेदवारहरुले जथाभावी राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै विरोध हुँदै आइरहेको छ । गृह मन्त्रालयले समेत राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal