
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको संयुक्त आयोजनामा भएको ‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न भएको छ ।
माघ ४ गतेबाट सुरु भएको उक्त प्रदर्शनी आज माघ १० गते सम्पन्न भएको हो । प्रदर्शनीमा तीन देशका संस्कृति, समाज र अनुभवसँग जोडिएर कलाकारले सिर्जना गरेका कलाकृति समावेश भएको छ ।
कलामार्फत शान्ति, मानवता र वैश्विक मित्रताको सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका १०० युवा तथा अग्रज कलाकारका कलाकृति समावेश गरिएको थियो ।


अनलाइन डबली


