आज :

सर्लाहीमा १३१ उम्मेदवार कायम

  • अनलाइन डबली

सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही जिल्लामा १३१ जना उम्मेदवार कायम भएका छन् ।

चारवटै निर्वाचन क्षेत्रमा १३३ जनाको उम्मेदवारी दर्ता भएकामा निर्वाचन आयोगले तोकेको समयसीमाभित्र दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि १३१ जना उम्मेदवार कायम भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका भरत कुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भइ उम्मेदवारी फिर्ता लिँदै पार्टीका आधिकारिक उम्मेदवार प्रमोदकुमार साहलाई समर्थन जनाएका छन् ।

थापा बागमती नगरपालिकाका निलम्बित नगरप्रमुखसमेत हुन् । यस्तै, क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका महेश प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका छन् ।

अन्तिम सूची अनुसार सर्लाहीमा ६१ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेका छन् भने ७० जना स्वतन्त्र उम्मेदवार छन् ।
कुल उम्मेदवारमध्ये ६ जना महिला रहेका छन्। जिल्लामा अब क्षेत्र नम्बर १ मा २८ जना, क्षेत्र नम्बर २ मा ३१ जना, क्षेत्र नम्बर ३ मा ३४ जना र क्षेत्र नम्बर ४ मा सबैभन्दा धेरै ३८ जना उम्मेदवार रहेका छन् ।

उम्मेदवारको अन्तिम नामावली टुंगिएसँगै अब दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिन्हसहित मतपत्र छपाइका लागि निर्वाचन आयोगमा विवरण पठाइने मुख्य निर्वाचन अधिकृत थपलियाले जानकारी दिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal