आज :

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

  • अनलाइन डबली

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेत विरुद्ध धनुषामा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले बिहीबार बेलुका जिल्लाको सदरमुकाम जनकपुरधाममा महेश बस्नेतविरुद्ध प्रदर्शन गरेको छ । उनीहरुले बस्नेतको तस्वीर पनि जलाएका छन् ।

केही दिन अघि बालेन जनकपुरधाम आउँदा मैथिली भाषामा गरेको भाषणमा प्रयोग भएको छौरा शब्दको अनर्थ निकालेर बस्नेतले गरेको टिप्पणी अशोभनीय रहेको भन्दै रास्वपाका नेता, कार्यकर्ताले विरोध गरेको रास्वपाको मधेश प्रदेश र्याट विभाग प्रमुख अम्भु साहले जानकारी दिए ।

उनले कुनै एक भाषाको शब्दको अर्थ अर्को भाषामा फरक हुनु स्वभाविक भएको भन्दै कुनै पनि पार्टीको पदाधिकारीले सो कुरालाई लिएर मजाक बनाउन नहुने बताए ।

एमालेलाई बालेन प्रधानमन्त्री हुने भएको कुरा नपचेकोले टिका टिप्पणी गर्दै हिँडेको रास्वपा र्याट विभाग मधेश प्रदेशका प्रमुख साहले बताए ।
साहले जेनजी आन्दोलनमा एमालेकै कारणले कयौंको हत्या भएको आरोप लगाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal