———————
परमपरा गत नेवा: समुदायमा दाँतले नछोई आख्य (सिङ्गो, नटुक्रिएको चामलको गेडा) निल्यो भने शिक्षा छिटो आर्जन हुन्छ भन्ने जनविश्वास छ, श्रीपञ्चमीमा । ऋतुराज वसन्त प्रारम्भ भएकोले यस दिनलाई वसन्त पञ्चमीपनि भनिन्छ नेपालमा । अन्य देशमा वर्षमा चार वटा मात्र ऋतु हुन्छन्, तर नेपालमा विविध हावापानीयुक्त ६ ऋतु (वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त, शिशिर) छन ्।
वसन्तु ऋतुलाई नयाँ पालुवा पलाउँने सिजन मानिन्छ । यसै दिनदेखि उपत्यकामा वसन्त म्ये हालेगु अर्थात् वसन्त ऋतुको गीत सिलाथ्व पञ्चमीदेखि चिलाथ्व पून्ही(फागुन पूर्णिमा) सम्म गाइन्छ । राष्ट्रप्रमुखबाट हनुमानढोकाभित्र नासलचोकमा बसन्त श्रवण गर्ने परम्परा छ ,मन्त्रीगण सहित । आख्यानअनुसार ल्हासाबाट आएका मञ्जुश्रीले, साँखु वज्रयोगिनीको आज्ञामुताविक चोभारको गल्छीबाट पानी बाहिर पठाएपछि उपत्यकालाई मानव बस्तीयोग्य बनाए । सम्झनास्वरूप स्वयम्भू मञ्जुश्रीस्थान, लाजिम्पाटको नील सरस्वती, ललितपुरको लेले सरस्वतीकुण्ड र भक्तपुरको ल्हासापाकोमा मेला लाग्ने परम्परा छ ।
विद्याकीदेवी सरस्वती,मञ्जुश्रीलाई एकै स्वरूपमानी देशभर सरस्वती पूजा स–साना नानीलाई अक्षरारम्भ गराइन्छ भने चित्रकार नेवारमा चित्र लेख्ने थालनी हुन्छ । देखाः (तन्त्रविधि) लिएकाले समयज्वलँः (माछा–मासु, जाँड–रक्सी, चिउरा–अण्डा ) ले पुज्छन् ।
स्वयम्भू महाचैत्य मञ्जुश्रीस्थान ः
विरोचन, अक्षोम्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि पाँच बुद्धस्वरूप पञ्चरश्मि १४१० मिटर अग्लो स्वयम्भू डाँडामा प्रादुर्भाव भएको मानिन्छ । यहि रश्मिीको दर्शन गर्न सत्युग (१७ लाख २८ हजार वर्षअघि) वन्धुमति नगरबाट विपश्वी बुद्ध । द्धापरयुग (८ लाख ३४ हजार वर्षअघि) हाल नेपालकै गोटिहवा अरूणपुरीबाट शिखि बुद्ध,,,त्रेतागुग (१२ लाख ९६ हजार वर्षअघि) अनुपम नगरबाट विश्वम्भू बुद्ध,, नेपालकै गोटिहवाबाट क्रकुच्छन्द बुद्ध पञ्चरश्मि स्वयम्भूको दर्शनार्थ नेपाल आउनुभएको बताइन्छ । त्रेतायुगको अन्त्यमा चीनबाट वरदा (सरस्वती) र मोक्षदा (भगवती) दुवै शक्तिका साथ नगराकोटको ल्हासापाकोमा बसी उपत्यकाको पानी चोभार ह«ासिकापबाट बाहिर पठाएको बताइन्छ । यस अभियानमा साँखु वज्रयोगिनीको सुझाव लिइएको आख्यान पाइन्छ । यसै दिनको सम्झनास्वरूप स्वयम्भूपछाडि मञ्जुश्रीस्थानमा मेला लाग्ने परम्परा छ, श्रीपचमीका दिनं ।
नील सरस्वतीस्थान ः
काठमाडौं २ शङ्खुनामा गुम्बजकार नील सरस्वती मन्दिर मूर्ति लिच्छविकालीन भए पनि मन्दिर १४ औं शताब्दीमा निर्माण भएको मानिन्छ । लिच्छविकालीन राज्य शङ्खस्यनगरीको अन्तिम सिमानामा अवस्थित लाजिम्पाट नील सरस्वतीस्थान टुकुचा खोला छेउमा छ । जहाँ श्रीपञ्चमीको दिन भव्य मेला भर्न पुग्ने गर्दछन् । बौद्ध हरिततारा स्वरुप मानि निल सरस्वति थानमा अक्षरआरम्भ गर्दछ ।
लेले सरस्वतीकुण्ड ः
सरस्वतीकुण्ड ज्ञानकुण्ड चम्पकेश्वर नदीको सङ्गम लेले सरस्वती कुण्डमा प्रत्येक वर्ष श्रीपञ्चमी र चैत्र पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । संवत् ५२६ मानदेवकालीन शिलालेख रहेको लेलेसरस्वतीकुण्ड काठमाडौंबाट २२ किमि दक्षिण सुनाकुथी, चापागाउँ, टीकाभैरव हुँदै पुग्न सकिन्छ । उपत्यकामा नेवार समाजभित्र ससुपूजाको नाउँमा छुट्टाछुट्टै गुठी पनि खडा गराइएको पाइन्छ । तराईमा माटोको कलात्मक सरस्वतीे मूर्ति बनाई ठूलो पूजा लगाईन्छ । भन्नुपर्दा श्रीपञ्चमी ऋतुराज वसन्तकोलाई स्वागत गर्न हर्सोल्लासपूर्वक मनाइने पर्व हो ।
भक्तपुरको ल्हासापाको मञ्जुश्रीस्थान ः
भनिन्छ,,मञ्जुश्री महाचिन ल्हासाबाट स्वयम्भु महाचैत्यको दर्शन र उपत्यकाको पानी चोभारको गल्छीबाट बाहिर पठाउँन्जेल यहि भक्तपुरको जगडोलमा बसेका थिए । जहाँ घण्टाकारशैलीको सरस्वती मन्दिर ध्यानागार मानिन्थ्यो , ल्हासाबाट आई पहिलो पल्ट बसेको स्थानलाई स्थानियले ल्हासाको साथी भन्दाभन्दै ठाउँको नाउँनै ल्हासापासा भनियो । श्रृजनाको प्रतिक,शिक्षा प्रविधिका अगुवा मञ्जुश्रीलाई नै शिक्षाकी गुरु सरस्वती मानिएपछि श्री पञ्चमीका दिन मेला लाग्ने परम्परा रहदै आईरहेको छ ।







