काठमाडौँ । आगामी २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको लागि डम्बर बहादुर रावलले कैलाली निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट रावलले निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन् ।
समर्थक तथा शुभचिन्तकको स्वागत र र्यालीसहित रावलले उम्मेदवारी दर्ता गरेका छन् । प्रलोपाबाट टिकट लिएर निर्वाचन क्षेत्रमा पुगेका रावललाई विहानैबाट कार्यकर्ता, समर्थक तथा शुभचिन्तकले स्वागत गरेका थिए ।
उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा समर्थकहरुले ‘डम्बर रावल हाईहाई, अरु बाईबाई, अरुलाई पटकपटक, डम्बरलाई भोट यसपटक…’ जस्ता नारा लगाएका थिए ।
जनयुद्धका स्वाथ्यकर्मी समेत रहेका रावलले अहिले पनि निरन्तर सेवामै क्रियाशील छन् । स्वास्थ्यसँग सम्बन्धीत समस्या परेकाहरुलाई सरामर्श र उपचारमा सहयोग गर्दै आएका रावललाई आफूहरुले भोट हाल्ने स्थानीयले बताएका छन् ।


अनलाइन डबली


