आज :

भारतीय कलाकार प्रदीप रावत अभिनीत गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

  • अनलाइन डबली

काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरिएको छ ।

परदेशीन लागेको कुरालाई प्रस्ट्याएको गीतमा भारतीय कलाकार प्रदीप रावतको अलावा पल शाह, बिपना थापा, साइग्रेस पोखरेल,उषा उप्रेती,सिम्रन पन्त लगायतलाई देख्न सकिन्छ ।

किरण परियारको स्वर रहेको गीतमा अभि सुनारको शब्द सङ्गीत छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बिपना थापा,पल शाहका अलावा प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

चन्द्र पन्तको निर्देशन रहेको यस फिल्मको कथा तथा पटकथामा उनैले लेखेका हुन् । फिल्ममा सङ्गीत कोसिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ । फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर विष्ट र दिलिप ओखेडाको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् ।


Download All

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal