काठमाडौं । पहिला देश(पिपुल्स रेभ्युलेसन)का संयोजक एसपी शाहले आफूरुसँग सरकारले गरेको सम्झौत पूरा नगरेकोले पुन आन्दोलनको घोषणा गर्नु परेको बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता डा.निकोलस भुसाल आनसानको क्रममा सरकारसँग गरेको सम्झौता कार्यान्वयन नगरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा संयोजक एसपी शाहले आगामी माघ १६ गतेदेखि सडक संघर्ष गर्ने पनि जानकारी गराए । प्रवक्ता डा.निकोलस भुसालले आफू ११ दिन अनसन बसेर जेनजीका माग पुरा गर्न सम्झौता गरे पनि पूरा नगरेको भन्दै रोश व्यक्त गरेका छन् । “मेरो अनसन तोड्न सहमति त गरियो तर पूरा नगरेर सरकारले झुक्यायो, यथास्थितिमा हुने चुनाव रोक्न र जेनजी म्याण्डेट अनुसार अघि बढ्न आन्दोलनको विकल्प छैन” भुसालले चेतावनी दिए ।
पूर्व आइजिपी सर्वेन्द्र खनालले वर्तमान सरकार पनि पुरानै बाटोमा हिंडेको आरोप लगाउँदै त्यसको विकल्प खोजिनुपर्ने बताए ।
अभियान्ता दिनेश सुवेदीले देशमा अराजकताले सीमा नाघेकोले नयाँ संघर्षबाट राजनीतिक स्थायीत्व दिनुपर्ने धारणा राखे ।
पत्रकार सम्मेलनमा पहिला देश(पिपुल्स रेभ्युलेसन)को पहिलो विस्तारित बैठकबाट १०८ सदस्यीय केन्द्रीय समिति, ३१ विभागिय प्रमुख तथा ७ स्वात्त विकास राज्य प्रमुखहरु चयन भएको सार्वजनिक गरेको छ ।


अनलाइन डबली




