आज :

जेन–जी अगुवा अर्जुन शाहीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट, उजुरीकर्ता नै फर्जी पुष्टि

  • अनलाइन डबली

काठमाडौँ । जेन–जी आन्दोलनका अगुवा तथा जेन जी रिभोलुशनका सह–संयोजकअर्जुन शाहीलाई पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरिँदैछ। शाहीलाई झुट्टा, बनावटी र राजनीतिक प्रतिशोधपूर्ण पक्राउ गरिएको जेनजी रिभोलुशनले दाबी गरेको छ ।

लोकतन्त्र, सुशासन र युवाको नेतृत्व स्थापित गर्ने अभियानमा अग्रपंक्तिमा रहेका शाहीलाई संविधान र कानुनी प्रक्रियाको मर्मविपरीत पक्राउ गरिएको भन्दै उनका समर्थक, नागरिक समाज, मानवअधिकारकर्मी तथा कानुन व्यवसायीहरूले कडा आपत्ति जनाएका छन्।

शाहीमाथि लगाइएका आरोपहरू तथ्यहीन, राज्यसत्ताको दुरुपयोग गर्दै परिवर्तनकामी राजनीतिक आवाज दबाउने उद्देश्यले योजनाबद्ध रूपमा अघि बढाइएको दाबी जेनजी अगुवाहरुको छ ।

शाहीलाई यही पुस १६ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।

उजुरीकर्ता नै फर्जी रहेको खुलासा 

यस घटनालाई अझ गम्भीर बनाउँदै, शाहीविरुद्ध उजुरी दिएको भनिएका दिपेन्द्र गौतम नामका व्यक्ति नै फर्जी रहेको तथ्य बाहिर आएको छ। प्रारम्भिक छानबिनमै उजुरीकर्ताको पहिचान, ठेगाना र कानुनी अस्तित्वबारे गम्भीर प्रश्न उठेपछि सम्पूर्ण मुद्दाको विश्वसनीयतामाथि नै शंका उत्पन्न भएको कानुनविद्हरूको भनाइ छ।

फर्जी उजुरीका आधारमा गरिएको गिरफ्तारीलाई उनीहरूले संविधानको ठाडो उल्लंघनको संज्ञा दिएका छन्। कानुन व्यवसायीहरूको दाबीअनुसार शाहीको गिरफ्तारीमार्फत संविधानले प्रत्याभूत गरेका अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार,निष्पक्ष न्यायको हकजस्ता मौलिक अधिकारहरू गम्भीर रूपमा कुण्ठित भएका छन्।

गैरकानुनी थुनामा राखिएको अवस्थाको तत्काल न्यायिक परीक्षण अपरिहार्य रहेको जनाउँदै उनीहरूले सर्वोच्च अदालतसँग शीघ्र सुनुवाइको माग गरेका छन्।

युवाको परिवर्तनकामी आवाजमाथि प्रहार

जेन–जी आन्दोलनका अगुवाले यो घटना कुनै एक व्यक्तिविरुद्धको कारबाही मात्र नभई देशमा उदाउँदै गरेको वैकल्पिक राजनीति, युवाको नेतृत्व र परिवर्तनकामी चेतनामाथिको प्रत्यक्ष प्रहार भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal