काठमाडौँ । अनसनरत डा.निकोलस भुसालको पहिला देशलाई सरकारले वार्तामा बोलाएको छ । बिहिबार साँझ वार्ताका लागि सिंहदरबार पुगेको वार्ता टोली प्रमुख तथा पहिला देशका संयोजक एसपी साहले अनलाईन डबलीलाई जानकारी दिए ।
जेनजीले उठाएका मागहरुलाई सरकारले अलपत्रै छाडेर निर्वाचन केन्द्रीत भएको भन्दै डा.भुसाल लामो समयदेखि अनसनमा थिए । अनसनमा बस्दाबस्दै स्वस्थ्य अवस्था जिर्ण बनेपछि सरकारले पहिला देशलाई वार्तामा बोलाएको संयोजक सहाले बताएका छन् ।


अनलाइन डबली




