आज :

प्रिक्साद्वारा दैलो कृषि अधिग्रहण, किसानदेखि उपभोक्तासम्म विश्वासिलो खाद्य प्रणाली निर्माणको लक्ष्य

  • अनलाइन डबली

काठमाडौं । नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ । यस अधिग्रहणसँगै किसानदेखि उपभोक्तासम्म जोडिने भरोसायोग्य खाद्य आपूर्ति प्रणाली विकास गर्ने लक्ष्य राखिएको प्रिक्साले जनाएको छ ।

प्रिक्साका अनुसार अब किसानबाट उत्पादन भएको तरकारी, फलफूल तथा खाद्यान्न कहाँ उत्पादन भयो, कसरी उपभोक्तासम्म आइपुग्यो भन्ने सम्पूर्ण जानकारी उपभोक्ताले सजिलै थाहा पाउन सक्ने ट्रेसिबल प्रणाली विकास गरिनेछ । यसले खाद्य सुरक्षासम्बन्धी बढ्दो चासोलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष शर्माका अनुसार नेपालमा खाद्य क्षेत्रमा विश्वासको ठूलो अभाव देखिन्छ । ‘हामीले दैनिक रूपमा खाने खाद्य पदार्थमा भरोसा हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने ।

नेपाललाई केवल उपभोगको बजारका रूपमा नभई नयाँ र विश्वसनीय खाद्य प्रणाली विकास गर्ने प्रयोगशालाका रूपमा हेरेर काम गरिरहेको पनि उनले स्पष्ट पारे । दैलो कृषि किसान र सहकारीहरूसँग सहकार्य गर्दै सिधै उपभोक्ताको घरसम्म ताजा र प्रमाणित कृषि उपज पु¥याउँदै आएको प्लेटफर्म हो । संस्थापक धीरज चापागाईंको नेतृत्वमा दैलो कृषिले उत्पादनको स्रोत खुल्ने, गुणस्तर प्रमाणित हुने र किसानलाई उचित मूल्य सुनिश्चित गर्ने प्रणालीमा काम गर्दै आएको छ ।

प्रिक्साले दैलो कृषि अधिग्रहण गरेपछि तत्काल नाम परिवर्तन वा आक्रामक व्यावसायिक विस्तार गर्नेभन्दा पनि दीर्घकालीन रूपमा कृषि क्षेत्रमा पारदर्शी, दिगो र विश्वासिलो पूर्वाधार निर्माणमा केन्द्रित रहने जनाएको छ । किसान, सहकारी, उपभोक्ता र प्रविधिलाई एउटै प्रणालीमा जोडेर मूल्य शृंखला सुधार गर्ने योजनामा कम्पनी रहेको बताइएको छ ।

यस अधिग्रहणलाई नेपालमा खाद्य सुरक्षा मजबुत बनाउने, किसानको सशक्तीकरण गर्ने र उपभोक्ताको आत्मविश्वास बढाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। कृषि क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्दै विश्वासमा आधारित नयाँ खाद्य प्रणाली निर्माण गर्न यो सहकार्यले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal