आज :

नवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा पदभार ग्रहण

  • अनलाइन डबली

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालयमा सपथग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि मन्त्री शर्माले मुलुक र मन्त्रालयको उद्धारका साथै प्रगतीका लागि आफूले मन्त्रालय सम्हालेको बताए ।

उनले भने,‘मुलुक हाम्रो हो । जति हामी खाली राख्छौं उति समस्या खडा हुनसक्छ । त्यसकारण रुटिन प्रकृयाहरुमा बाधा नपरोस् र मन्त्रालयको उद्धार अथवा प्रगति हुन्छ भनेदेखि हामीले रोक्नु हुँदैन भन्ने लागेर म आएको हुँ ।’

यस्तै,उनले दुई छिमेकी नवोदित राष्ट्रहरुको अनुभव ज्ञान लिएर सहकार्य गर्दै अगाडि जान सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको धारणा राखे ।
त्यस्तै उनले नेपालको इमेज संसारभरी कसरी राम्रो गर्ने भन्ने विषयमा आफूले पहिलो निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal