काठमाडौँ । अन्ततः प्रधानमन्त्री सुशिला कार्की प्रमुख तीन दलका शीर्ष नेताहरुसँग एक्लै छलफल गर्न तयार भएकी छन् । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेपछि कार्कीले सुरुका दिनमा शिर्ष नेताहरुसँग नभेट्ने बताउँदै आएकी थिइन् ।
प्रमुख तीन पार्टी तयार नभएसम्म निर्वाचनको वातावरण नबन्ने भएपछि कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अलग छलफल गर्न तयार भएकी हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सहजीकरण गरेका थिए ।
राष्ट्रपति पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो ।
शनिबारको छलफलको तयारीको लागि शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले देउवा, प्रचण्ड र ओलीलाई निजी निवासमै पुगेर भेटवार्ता गरिरहेका छन् ।
प्रधानमन्त्रीसहित शिर्ष नेताहरुसँग बैठक शनिबार ४ बजे बस्ने बताइएको छ ।


अनलाइन डबली





