आज :

काँग्रेस नेता यादवले भने- हामी निर्वाचनको तयारीमा छौं, तोकिएको समयमा सम्पन्न हुनुपर्छ

  • अनलाइन डबली

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गरेका छन् ।

सोमबार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले निर्वाचन नभए देशले निकास नपाउने पार्टीको धारणा रहेको बताउँदै उम्मेदवार सिफारिस पनि कांग्रेसले गरिसकेको बताए ।

उनले भने,नेपाली कांग्रेले फागुन २१ को निर्वाचनमा सहभागी हुने तय गरेको छ । निर्वाचनबिना देशले निकास पाउँदैन । त्यो नेपाली कांग्रेसको धारणा हो । फागुन २१ गते भन्दा कुनै तलमाथि नगरी निर्वाचन गर्न कांग्रेसको आग्रह छ । निर्वाचनको लागि पार्टीभित्रको तयारी गरिसकेको छौं । उम्मेदवारी सिफारिस तहगत रुपमा ल्याइसकेका छौं, ल्याउने क्रम पनि छं ।’

त्यस्तै उनले केही नेताहरूलाई स्थानहदको कुरा आएको भन्दै आम निर्वाचनमा संविधानले दिएको अधिकार अनुसार कुनैपनि दलको नेता वा नागरिक जहाँबाट पनि लड्न सक्ने बताए ।

उनले भयरहित वातावरण चुनाव गराउनसक्ने सरकारले आधार दिनुपर्नेभन्दै समानुपातिकतर्फको बन्द सूची बुझाउने समय केही थप गर्न माग गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal