आज :

वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल

  • अनलाइन डबली

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् ।

नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौं, सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा साथ दिन आग्रह पनि गर्दछु । वर्तमान सरकारको गठनको प्रक्रिया नै असंवैधानिक छ । असंवैधानिक प्रक्रियाबाट सरकार गठन भयो, असंवैधानिक तरिकाबाट जुन सरकार बन्यो त्यो सरकारले गरेका सम्पूर्ण कामकारवाहीहरु स्वभाविक रुपमा असंवैधानिक नै हुन्छन्,’ उनले भने ।

बडालले स्वतन्त्र, निष्पक्ष, निर्भीक र भयमुक्त रूपमा अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।

उनले भने, ‘अहिले मुलुकको व्यवस्थापिका, कार्यपालिका, न्यापालिका र चौथौं अंगको रुपमा रहेको हाम्रो मिडिया जगत चारैतर्फ भएको आक्रमण पछाडि चुनौतिको सामना गर्दै संगठित भएर अगाडि बढीरहेका छौं । रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई फेरी लिकमा लिएर आउने प्रक्रियालाई हामी अगाडि बढाउन चाहन्छौं । यो अवस्थामा हामीले पहिलाको जसरी नै स्वतन्त्र रुपमा, निष्पक्ष रुपमा,निर्भिक रुपमा र भयरहित अवस्थामा अगाडि बढ्न आवश्यक छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal