आज :

लोयल्टीको २२ औं स्थापना दिवस कार्यक्रम सम्पन्न

  • अनलाइन डबली

काठमाडौं । बुढानिलकण्ठ–०९ मण्डिखाटार स्थित लोयल्टी एकेडेमीले आफ्नो २२ औ स्थापना दिवस आज एक भब्य कार्यक्रम बीच सम्पन्न गरेको प्रिन्सिपल विरेन्द्र कुरुमवाङले बताए । स्थानीय व्यक्तित्व, व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेको अध्यक्षतामा सञ्चालन भएको थियो ।

सो अवसरमा विद्यालय स्थापना कालका विद्यालय व्यवस्थापन समितिका सदस्य गोर्खा मेजर काजिमान लिम्बु थेबेलाई सम्मान गरिएको थियो । विद्यालयका स्कुल क्याप्टेन अस्मित बिस्टले स्वागत मन्तब्य गरेका उक्त कार्यक्रममा विद्यालयकातर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य राम क्षेत्रीले विद्यालयका विगत र वर्तमानबारे प्रकाश पार्दै यसको प्रतिष्ठा अझ उचो राख्न सम्पूर्ण विद्यार्थीहरुले अनुशासित र लगनशील भएर अध्ययन गर्न अनुरोध गरेका थिए ।

छोटो समयावधिसम्म मात्र व्यस्थापन समितिको सदस्यमा रहेता पनि विद्यालयले सम्झेर सम्मान गरेकोमा आफू अत्यन्तै खुसी भएको पूर्व व्यवस्थापन समितिको सदस्य काजिमान लिम्बुले व्यक्त गरे । आजैको दिन विद्यालयका सस्थापक निर्देशक नन्दा सुब्बाको जन्मदिन पनि परेको हुनाले विद्यालयले सोही कार्यक्रमा उनको जन्मदिनसमेत हर्षोल्लासका साथ मनाएको थियो ।

विद्यार्थीहरुका तर्फबाट विभिन्न आकर्षक र मनमोहक साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरिएको कार्यक्रममा साँस्थापक अध्यक्ष बिजय सम्बाहाम्फेले विद्यालय केवल किताबी ज्ञान मात्र दिने थलो नभई असल चरित्र निर्माण गर्ने र संस्कार सिकाउने थलो भएको बताए । उनले स्थापना कालमा विद्यालायलाई हरेक तवरबाट महत्वपुर्ण योगदान पुर्याउनुहुने व्यक्तित्वलाई स्थापना दिवसको अवसरमा हरेक वर्ष झैं यस वर्ष पनि सम्मान गर्न पाउदा आफु हर्सित भएको कुरा ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal