आज :

खगेन्द्र सुनारविरुद्ध बहुविवाहको पनि मुद्दा, मन्त्रीको सूचीबाट नाम हट्याे

  • अनलाइन डबली

काठमाडौँ । अन्तरिम सरकारको मन्त्रीको शपथ लिने तयारी रहेका अभियान्ताको नामबाट चिनिएका खगेन्द्र सुनारविरुद्ध बहुविवाहको मुद्दा पनि रहेको खुलासा भएको छ ।

सुनारले आफू श्रीमति हुँदाहुँदै अर्की ल्याएको भन्दै जेठी श्रीमतिले नै मुद्दा दिएको खुलासा भएको छ ।

अदालतमा रहेको विवरणअनुसार जेठी श्रीमतिले २०७९।०६।०५ गते गिता खत्रीलाई बिबाह गरी बबुविवाह गरेकोले कानुनअनुसार कारवाही गरिपाउँदै भन्दै जाहेरी दिएकी छन् ।

यसअघि जिल्ला अदालत सुर्खेतबाट पनि पक्राउ पुर्जी जारी भएको अनलाइन डबलीले सार्वजनिक गरेको थियो । त्यस्तै, काभ्रेबाट साइबर अपराधसम्बन्धी मुद्दा पनि विचाराधिन अवस्थामा रहेको भेटिएको छ ।

सामाजिक संजाल प्रयाेगकर्ताहरूले सुनारविरुद्ध २३ वटा मुद्दा रहेको लेखेका छन् ।

केन्द्रीय प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)ले पनि सुनार दुईवटा मुद्दामा फरार अभियुक्त रहेको देखाएको छ । दुईवटा अभियोगमा कैद भुक्तान गर्न बाँकी रहेकै बेला अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीको सिफारिस गरेकी हुन् ।

स्रोतका अनुसार संचारमाध्यममा सुनार अभियुक्त भएको सार्वजनिक भएसँगै प्रधानमन्त्री कार्कीले मन्त्रीको सुचीबाट हटाउनेबारे सल्लाहकारसँग छलफल गरेकी छन् । सुनारलाई मन्त्री नियुक्त गर्दा थप विवादमा आउने भएकोले उनको शपथ आज नगर्ने कि भन्नेबारे छलफल भएको बताइएको छ ।

स्राेतका अनुसार सुनारकाे नाम मन्त्रीकाे सूचीबाट तत्काललाइ हटाइएकाे छ । अाज सुनारकाे शपथ नहुने भएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal