काठमाडौं । किरण गौत्तम र मनिषा घोरासैनिको आवाज रहेको नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजनिक भएको छ ।
लोकदोहोरी गायनको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गायक तथा संगितकार पुस्कर चौलागाईको युटुवबाट यो गीत शनिबार सार्वजनिक गरिएको छ । चौलागाईकै शब्द र संगित रहेको ए मेरो परानमा कुमार सानु पुनले मिक्स र मास्टरिङ गरेका छन् भने बिष्नु तामाङले संगीतिक व्यवस्थापन गरेका छन् ।
दीपेन्द्र सोनाम र सरस्वती तामाङको उत्कृष्ट प्रस्तुती रहेको छ उक्त गीतको भिडियो निरन श्रेष्ठले निर्देशन गरेका हुन् भने सुनिल भण्डारी र उनको टिमले भिडियोको छायांकन गरेका हुन् । नितिन वाइवाको कोरियोग्राफी गरेका यो गीतको भिडियो राजकुमार मगरले सम्पादन गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्शन रोयल मुभिज प्रा.लि गरेको छ । यो समाचार तयार पार्दासम्म एक हजार तीन सय जनाले यो गितको भिडियो हेरेका छन् ।
म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –


अनलाइन डबली





