
काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ ।
अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो ।
नेतृत्व छोड्ने विषयमा बैठकमा जोडतोडले उठेको छ । सचिवालय बैठकमा ओली अल्पमतमा परेको बताइएको छ ।
ओलीले तत्काल राजिनामा दिनुपर्ने, विद्या भण्डारीलाई पार्टीमा स्वागत गर्नुपर्ने विषय राख्ने सचिवालय सदस्यको संख्या बढी भएको एक नेताले बताए ।
ओलीले आफू अल्पमतमा परेपछि शनिबार तयारीको लागि बैठक स्थगित गरेका थिए ।
सबै सचिवालय सदस्यले बोलेर सकेपछि अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । त्यस्तै, केन्द्रीय समिति बैठकको एजेण्डा पनि तय गर्ने नेताहरुले बताएका छन् ।