
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पूर्ण बैठक आज सम्पन्न भएको छ । काठमाडौंको कमलादीमा दुई दिनसम्म चलेको बैठकले आगामी मंसिरमा विशेष महाधिवेशन गर्नेलगायतका निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठकले केन्द्रीय समिति भंग गर्दै अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ । त्यस्तै, पदाधिकारी आयोजक समितिको सचिवालयमा रूपान्तरित भएका छन् ।
बैठकले पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने, नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने, संस्कार, कार्यशैली र चालचलन सम्बन्धि निति बनाउने, जेनजीलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागि गर्ने निर्णय गरेको छ ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव प्रभाकरले राखेको प्रस्ताबलाई समेटे महाधिवेशनसम्म छलफल गर्ने पनि निर्णय गरेको छ ।
त्यसैगरी विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय समेत गरेको छ ।