
काठमाडौं । देशको सार्वभौमिकता र जनाअधिकामाथि खतरा बढेको भन्दै मार्शलको नेतृत्मा ‘रेड फोर्स नेपाल पार्टी’को गठन भएको सो पार्टीले बताएको छ । हालै सम्पन्न विशेष राष्ट्रिय भेलाले सो पार्टी गठन भएको एक प्रेस विज्ञप्ति जारी गरी जानएको छ ।
सो विज्ञप्तिमा भनिएको छ,“मुलुकमा विद्यमान दलाल पुँजीवादी अर्थराजनीतिक प्रणाली र विदेशी हस्तक्षेपको विरुद्धमा नयाँ राजनीतिक संगठन ‘रेड फोर्स नेपाल’ गठन गरिएको छ ।” विज्ञप्तिमा उल्लेख गरिएअनुसार देशको सार्वभौमिकता र जनअधिकारमाथि खतरा बढ्दो क्रममा रहेको र त्यस्ता चुनौतीहरू सामना गर्न वैकल्पिक शक्तिको आवश्यकता रहेको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “ग्यास, बास, कपडा, शिक्षा, स्वास्थ्य, सुरक्षालगायत जनअधिकारका विषयहरू गम्भीर संकटमा छन् । यस्तो संकटपूर्ण अवस्थामा क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियान अन्तरगत युवाहरूको राष्ट्रिय भेला सम्पन्न भएको छ ।”
“उक्त भेलाले रेड फोर्स नेपाललाई राजनीतिक पार्टीका रूपमा पुनर्गठन गरी क. मार्सललाई संयोजक चयन गरेको छ ।” रेड फोर्स नेपालले वैज्ञानिक समाजवाद र जनआन्दोलनको पक्षमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ।