
काठमाडौं । हुम्ला जिल्ला सदरमुकाम सिमिकोटस्थित बालमन्दिर माविका स्थायी शिक्षक लालबहादुर रावतले सरकारको तलब खाएर मदिरा व्यापार गरिरहेको खुलेको छ । निज रावतले गरेको हर्कत गैर कानुनी तथा शिक्षा ऐन विपरित भएको विद्यालय स्रोतले बताएको छ ।
सो विद्यालयमा २०५० सालदेखि अहिलेसम्म स्थायी शिक्षक पदमा कार्यारत रावतले २०५७ सालदेखि हालसम्म निरन्तर ‘रोकाया सपिङ सेन्टर प्रा.लि.’ सञ्चालन गरी मदिरा र सुर्तिजन्य पदार्थ विक्रि–वितरण गर्दै आएको स्रोतले जनाएको छ ।
शिक्षक सेवा ऐन र शिक्षक आचारसंहिता विपरित उनले काम गरिरहेको बताउँदै स्रोतले भन्यो,“उहाँ बालमन्दिर माविमा हाजिर लगाएर दिनभर आफ्नो निजी मदिरा पसलमा व्यस्त रहनु हुन्छ र २०५७ सालदेखि हालसम्म पढाउँदै नपढाएर तलब तथा भत्ता पचाइरहनु भएको छ ।”
कम्पनी रजिष्ट्रारको कार्यालयमा २०५७ जेठ १८ गते ‘रोकाया सपिङ सेन्टर प्रालि’ लालबहादुर रावतसहित तीन जान हिस्सेदार रहने गरी दर्ता भएको देखिन्छ । सो प्रालिमा अर्का २ जना स्वर्गीय सिंहबीर रोकाया र स्वर्गीय जयबहादुर रोकायासमेत हिस्सेदार रहेको उक्त पसल आन्तरिक राजस्व विभागमा २०५८ सालमा लालबहादुर रावतको नाममा प्यान दर्ता गरी उपलब्ध गरेको देखिन्छ ।
यसरी एकातिर विद्यालयबाट हाजिर गरेको भरमा सरकारी सेवासुविधा लिने र अर्कोतिर रोकाया सपिङ सेन्टरको प्रोप्राइटरको हैसियतले पसल सञ्चालन गरी मदिरा र सुर्तिजन्य पदार्थ अत्याधीक मात्रामा विक्रिवितरण गरोडौं सम्पत्ति आयआर्जन गरेको कुरा खुल्न आएको छ । निज रावत सरकारी सेवा त्यसमा पनि शिक्षाणमा आबद्ध रही मदिरा तथा सुर्तिजन्य पदार्थ विक्रिवितरण गर्ने कार्य शिक्षक आचारसंहिता तथा प्रचलित कानुन विपरितको कार्य हो ।
यस विषयमा निज रावतसँग सोधपुछ गर्दा “मैले नभई मेरो श्रीमतीले उक्त पसल सञ्चालन गरेकी हुन्” भनि जवाफ दिए, तर कोष तथा लेखा नियन्त्रक कार्यालय(कोलेनिका) हुम्लामा २०८१ साउन ३० गतेका दिन लालबहादुर रावतले प्रालिको सञ्चालकको हैसियतले मदिरा र सुर्तिजन्य पदार्थ विक्रिवितरण गर्न पुनः नविकरण गरिपाउँ भनि निवेदन पेस गरी नविकरण गरेको खुलेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई हुम्ला, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौं, जिल्ला प्रशासन कार्यालय हुम्ला, शिक्षा निर्देशनालय सुर्खेत र सिमिकोट गाउँपालिका हुम्लामा उजुरी पर्दा पनि कुनै