
काठमाडौँ । नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा जनस्वास्थ्यविद् प्रा.डा. रीता थापाको चर्चा सुरु भएको छ । जनस्वास्थ्य क्षेत्रमा ‘आमा’ को रुपमा चिनिने डा. थापालाई जेनजीको अगुवाले पनि डा. थापालाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिनुपर्ने माग गरेका छन् ।
स्वास्थ्य मन्त्रालयमा करिब २० सेवा गरेकी डा. थापाले नेपालको प्राथमिक स्वास्थ्य सेवा (एकीकृत सामुदायिक स्वास्थ्य सेवा विकास परियोजना) को पहिलो प्रमुखको भएर जल्ला स्वास्थ्य कार्यालयहरू, स्वास्थ्य चौकीहरू, गाउँ स्वास्थ्यकर्मीहरू, आमा समूहहरू र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू मिलेर एकीकृत जिल्ला स्वास्थ्य प्रणालीको देशव्यापी सञ्जाल स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेकी छन् ।
स्वास्थ्य मन्त्रालयबाट अवकाश भएपछि डा. थापाले सन् १९८६ बाट विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयमा स्वास्थ्य प्रणाली र सामुदायीक स्वास्थ्य विभागको निर्देकशक समेत भएर काम गरिन् । उनले विश्व स्वास्थ्य संगठनको मनिला, जेनेभा र नयाँ दिल्लीस्थित कार्यालयमा रहेर जनस्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कार्य गरिसकेकी छन् ।
सन् २००१ मा डब्ल्यूएचओबाट पनि अवकाश लिएपछि पनि डा. थापा घरमै बसिनन्, गरिब, महिला, बालबालिका र किशोरकिशोरीहरुको स्वास्थ्य हितलाई प्रवद्र्धनको क्षेत्रमा क्रियासिल छन् ।
डा. थापाले विश्वले चिनेको र नेपालले चिन्न बाँकी रहेको पात्र हुन् । उनले जनस्वास्थ्य क्षेत्रका पुर्याएको योगदानका कारण विश्वले चिन्छ तर नेपालले चिन्न सकेन । जनस्वास्थ्य विज्ञहरुले पनि डा. थापाले नेपाल र विश्वव्यापी रूपमा सार्वजनिक स्वास्थ्य स्थिति सुधारको लागि दिएको योगदानको मूल्यांकन हुनुपर्ने बताउँछन् ।
डा. थापालाई अन्तरिम सरकारको स्वास्थ्यमन्त्री बनाइयो भने छोटै समयमा नेपालको स्वास्थ्य क्षेत्रमा क्रान्ति हुने विज्ञको विश्वास छ ।
डा. थापाले सन् १९५७–१९६२ किंग जर्ज मेडिकल कलेज, लखनऊबाट एमबीबीएस, १९६४-९६५ मा अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयबाट एमपीएच विथ मेजर इन एमसीएच र पपुलेशन डाईनामिक गरेकी डा. थापाले सन् १९७८ मा त्रिभुवन विश्वविद्यालयलबाट परियोजना विश्लेषण र व्यवस्थापन प्रशिक्षणमा स्नातकोत्तर गरेकी छन् ।