आज :

कम्युनिस्ट नेताहरुले भने– परम्परागत शैलीले देश बन्दैन

  • अनलाइन डबली

काठमाडौं । परम्परागत शैलीले देशमा क्रान्ति पनि नहुने र देशलाई निकास दिन नसक्ने कम्युनिस्ट नेताहरुले बताएका छन् । नेकपाले आइतबार राजधानीको संवाद डबलीमा ‘क्रान्तिकारी कम्युनिस्ट एकता आजको राष्ट्रिय आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरुले जेनजी विद्रोहले पाठ सिकाएकोसमेत बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले परम्परागत शैलीलाई परिवर्तन गर्नुपनर्पे अवस्था आएको बताए । देश र जनताले नेपालका क्रान्तिकारीहरु एक भएको हेर्न चाहेको र वर्तमान आवश्यकता पनि त्यही भएकोले आफूहरुले साँझा एजेण्डा बनाएर एकतालाई अगाडि बढाउनु पर्ने धारणा राखेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसले देशमा क्रान्तिकारीहरुबीचको एकता अत्यावश्यक भएपनि सबै अटाउने साँझा कार्यक्रम आभाव रहेको बताए । श्रीसले कतिपय अवस्थमा कार्यक्रम नमिल्दा पनि भावनामा बगेर एकता हुने र कतिपय बेला कार्यक्रम साँझा हुँदा पनि एकता नहुनुले देशमा क्रान्तिकारी शक्ति कमजोर भएको बताए ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य जाग्रित रायमाझीले क्रान्तिकारी कम्युनिस्टहरुबीच एकता अत्यावश्यक भएपनि नेताहरुको निजी स्वार्थले त्यसलाई रोक्ने गरेको बताए । रायमाझीले नेपालका कम्युनिस्टलाई कमजोर बन्नुमा नेताहरु जिम्मेवार रहेको बताउँदै भने, “समयमा ओली अहंकार र प्रचण्ड घमण्डले क्रान्तिकारी कम्युनिस्टहरुलाई थप कमजोर बनाएका छन् ।” रायमाझीले पुँजीवादी भूमण्डलीकरणले विश्वका कम्युनिस्टहरु कदमकदमा अबरोध गरेको सन्दर्भमा विज्ञान र प्रविधिलाई उत्पादनमा जोड्ने र सोहीअनुसार कम्युनिस्टहरुले आफूलाई परिमार्जित गरे मात्रै देश परिवर्तन हुने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणप्रसाद शर्माले कम्युनिस्टहरुबीच एकताको मुख्य बधक भनेको नीतिभन्दा नेतृत्व प्रधानता भएको बताए ।
नेकपा मशालका प्रवक्ता रामप्रकाश पुरीले पछिल्लो समयमा क्रान्तिकारीहरुबीच एकता जरुरी रहेको बताए ।

माक्र्सवादी एकता समाजका संयोज श्रीकान्त पण्डित, नेकपा (बहुमत) का कार्यालय सदस्य कृष्ण धमला, मार्कसवादी महासचिव युवराज कफ्ले, नेकपा कार्यालय सदस्य इन्दिरा अधिकारी, समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य आशोक सुवेदी, नेकपा नेता शरणविक्रम मल्ल, स्वतन्त्र बाम बुद्धिजीवी भूमिनन्दा देबकोटा, डाइलेक्टीकल सोसाइटीका संयोजक विनोद लोहनी, नेकपा सचिवालय सदस्य पुस्कर गौतम र महादिप पोखरेलले परम्परागतभन्दा नयाँ तरिकाले कम्युनिस्टले एकता गरि क्रान्तिमा जुट्नु पर्ने धारणा राखेका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal