
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।
प्रचण्ड मंगलबार विहान आगजनीबाट करानी भएको कार्यालयको अवलोकन र सफाईमा सहभागी भए ।
कार्यालयमा रहेको पुस्तकालय र माइन्यूट बचेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले त्यसको लागि कार्यालयका कर्मचारीलाई धन्यवाद दिए ।
कार्यालय अवलोकनपछि सफाईमा जुटेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै भव्य नयाँ पार्टी कार्यालय निर्माण गर्ने घोषणा समेत गरे । उनले देशभित्र र बाहिर रहेका पार्टी कार्यकर्ताको सहयोगमा नयाँ कार्यालय निर्माण गर्ने बताउँदै प्रचण्डले भने, ‘अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन बनाइने छ ।’
त्यसैगरी प्रचण्डले पार्टी कार्यालयमा शहिद स्मारकमा जनयुद्ध र जेन–जेड आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।