आज :

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

  • अनलाइन डबली

काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् ।

सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘आजको यस पदबहालीको पहिलो निर्णय चाँही डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुलको जुन बक्यौता छ, त्यो बक्यौता रकम असुल्ने निर्णय भएको छ ।’

प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले यसमा रोक लगाएको थियो ।

त्यस्तै उनले अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि भेटियो भने कडा भन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिए । भ्रष्टाचार नियन्त्रणको विषयलाई आफूले जीवन मरणको विषयको रुपमा लिएको पनि उनको भनाई छ ।

‘अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि गरेको भेटियो भने हामी कडा भन्दा कडा कारबाही गर्ने छौं । आन्दोलनको प्रमुख विषय पनि भ्रष्टाचार थियो । यो विषयलाई जीवन मरणको विषयको रुपमा लिएको छु । यो ठूलो चुनौती लिएर म आएको छु ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal