
काठमाडौं । जेनजीको प्रदर्शन संसद भवन घेर्न पुगेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले आज काठमाडौँसहित देशभर विरोध प्रदर्शनमा उत्रिएका छन् ।
माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँवानेश्वरस्थित संसद भवन पुगेको छ । युवाहरुले संसद भवन घेराउ गरेका छन् ।
निषेधाज्ञा तोडेर संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको छ ।
तिनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ। माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन् ।