आज :

यँयाः (इन्द्रजात्रा)को लागि यःसिं लिन मानन्धर अगुवाहरु वन प्रस्थान

  • अनलाइन डबली

काठमाडौं । यस वर्षको यँयाः अर्थात इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुहरु वन प्रस्थान गरेका छन् ।

प्रत्येक वर्षझैं यस वर्ष आज यंलाथ्व दुतिया सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुथि संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरेका हुन् ।

पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार आज विहान ठीक ९ः४६ को साइतमा हनुमानढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन् ।

आज वन प्रस्थानका लागि संघको अगुवाईमा गएका प्रतिनिधिहरुले आजैराति यस वर्षको यँया (इन्द्रजात्रा)को लागि यःसिं काट्ने अर्थात वृक्ष कर्तन गरिने छ ।

यस वर्षको यँया (इन्द्रजात्रा)को लागि समिति दिएको साइतअनुसार आज(सोमबार) राती ९ः०३ को साइतमा वृक्ष कर्तन गरिनेछ । यसभन्दा अघि यःसिंको लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पुजा गरिनेछ ।

त्यसपछि सुनको बञ्चरो, चाँदीको बञ्चरोले सांकेतिक रुपमा घाउ गरेपछि रुख काट्न शुरु गरिनेछ । आज राति साइत मात्र गरेपछि भोलि विहानैदेखि यःसिंको लागि छनोट गरिएको रुख काट्न शुरु गरिन्छ भने भोलि नै उक्त यःसिं भक्तपुरको चित्तपोलदेखि तानेर ल्याइन्छ ।

सकेसम्म भोलि बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौंको भोटाहिटी(भोताहिति)मा राखिनेछ । यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि)को दिन विहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ । भोताहितिबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडी राखिनेछ ।

त्यसपछि यंलाथ्व द्वादशि (भदौ १९ गते) विहीवार विहान १०ः३१ को शुभ साइतका यःसिं उठाइने इन्द्रध्वजोत्थान गरिने) छ । यःसिं उठाएपछि काठमाडौंको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिक रुपमा शुरु भएको मानिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal