काठमाडौं । वागमती प्रदेशकी नवनियुक्त युवा तथा खेलकुद मन्त्री उर्मिला केसीले स्वदेशमा युवाले सुरक्षित भविष्य देख्न सक्ने वातावरण सिर्जनको लागि पहल गर्ने बताएकी छन् । शनिबार काठमाडौंको लोयल्टी एक्याडेमीमा दिक्ष्यान्त तथा सम्मान कार्यक्रममा राज्यको मुख्य योजना तथा कार्यक्रम युवामैत्री हुन आवश्यक रहेकोसमेत बताइन् ।
कार्यक्रको प्रमुख अतिथिसमेत रहकी मन्त्री केसीले देश र जनताको स्वतन्त्रता र न्याको लागि जीवनभरी योगदान गरेको भन्दै लोयल्टीले सम्मान गरेको थियो । नवनियुक्त मन्त्री केसीले आफूभन्दा अघिल्लो कार्यकालका प्रदेश मन्त्री मिनकृष्ण महर्जनले खेलाडीहरुका लागि ल्याएका राम्रा कार्यक्रम र योजनाहरुको सरहाना गर्दै, आफूले उक्त कर्यक्रमलाई निरन्तरता दिएर लागु गर्ने पनि बताईन् । “मिनकृष्ण महर्जनज्यू आफै पनि राष्ट्रिय स्तरको खेलाडी हुनुहुन्थ्यो उहाँले खेलाडीको मर्म र भवना अनुसार राम्रा योजना ल्याउनुभएको थियो त्यसलाई कार्यान्वयन गर्नु मेरो मुख्य दायीत्व पनि हो, यसका अलावा अरु धेरै गर्नु छ” मन्त्री केसीले थपिन् ।

नेपाललाई खेलकुदको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा चिनाउने खेलाडीहरुलाई दुरुत्सहान हुने काम भएको बताउँदै भनिन्,“सगरमाथा, गौतम बुद्ध अनि गोर्खालीहरुकोे देश भनेर चिनाउने देशका गहनाहरुलाई आवश्यक सेवासुविधा त परै जाओस् घोषणा गरिएका पुस्कार पनि नपाउने अवस्था लाजमर्दो भयो, यी विषयमा मैले सक्दो कार्यान्वयन गर्नेछु ।”
लोयल्टी एकेडेमीबाट कक्षा १२ मा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै शैक्षीक क्षेत्रको माध्यमबाट राष्ट्रका लागि अब्बल, गुणस्तरीय र उत्कृष्ठ नागरिक उत्पादनमा योगदान गर्दै आएको लोयल्टी एक्याडेमी देशको नमुना शिक्षालय भएको भन्दै मन्त्री केसीले प्रशंसासमेत गरिन् ।
सो विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले आफ्नो जिल्ला तेह्रथुमकी चेलीले संघर्ष गर्दै युवा तथा खेलकुद मान्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी पाउनु जिल्लावासीका लागि हर्ष र गौरवको विषय भएको बताए । कक्षा १२ मा राम्रो नतिजा ल्याएर उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाई दिदै उज्ज्वल भविष्यको शुभकामनासमेत सम्बाहाम्फेले दिए ।
विद्यालयका प्रिन्सिपल विरेन्द्र कुरुम्बाङले मन्त्री केसी एक उर्जाशील व्यक्तित्व भएकोले आफ्नो कार्यकालमा अवश्य पनि नमुनायोग्य र युवामैत्री कार्य गर्ने विश्वास रहेको बताए ।
सो कार्यक्रममा काठमाडौं जिल्ला समन्वय समितिका उपप्रमुख शान्ती पाण्डे, विद्यालयकी संस्थापक निर्देशक नन्दा सुब्बा, कार्यकारी निर्देशक यम्भामी सम्बाहाम्फे, विद्यालय व्यवस्थापन समितिका श्रीराम क्षेत्री, टंक घिसिङ, सविना श्रेष्ठ र दिलिप थिङ, स्थानीय समाजसेवी शंकर अचार्य र शंकरबाबु कार्की गोरखापत्र दैनिकका रमेश थापा र अनलाईन डबलीका धनन्जय बुढालगायतको उपस्थिति रहेको सो कार्यक्रमलाई विद्यालयका प्लस टु संयोजक इन्द्रप्रसाद गौतमले सञ्चालन गरेका थिए ।


धनन्जय बुढा




