आज :

उपसभामुखलाई पदबाट हटाउने गतल प्रयास भइरहेको छ, त्यसको विरोध गर्छौ: प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ ।

मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले वर्तमान सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम केही नगरेको बताउँदै एउटा आदिवासी जनजाति र सामाजिक सेवा गरेको महिलालाई हटाउने प्रयास गलत भएकाले त्यसको विरुद्धमा उभिने बताए ।

संचारकर्मीसँग प्रचण्डले भने, ‘उहाँहरुको प्रयास त पहिलेदेखि कै हो । तर त्यो गलत गर्दै हुनुहुन्छ उहाँहरु । गल्ती त उहाँहरुले गरि नै राख्नुभएको छ । यो सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम त गरेकै छैन् । एउटा महिला आदिवासी जनजाति, सामाजिक सेवा गरेको महिलालाई हटाउने जुन प्रयास छ त्यो गलत छ । हामी त्यसको विरोध गछौं ।’

त्यस्तै उनले उपसभामुख रानाले नराम्रो काम गरेको भन्ने केही पनि प्रमाण नभएको भन्दै त्यो खाली कपोकल्पीत मात्र भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal