
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गरेका हुन् । भेटमा नेपाल –भारत –द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।
यसअघि मिस्रीले प्रधानमन्त्री केपी शर्मा अाेली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।