आज :

विदेशी मोडेलको नक्कल होइन, नेपाली मौलिकता आवश्यक : प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि स्थानिय तहबाटै आत्मनिर्भरता निर्माण गर्नुपर्नेमा जोड दिएका छन्  ।

चाँगुनारायणमा आयोजित सिटी एभोकाडो सिटी अभियानको समापन तथा अभियन्ता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको मौलिकताको आधारमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।

उनले भने, ‘हामीले सकारात्मक सोच्ने र रचनात्मक ढंगले काम गर्ने गौरवशाली इतिहास र प्रकृति पाएका छौं । यही आधारलाई आत्मसात् गरेर स्थानिय तहबाटै विकासको मौलिक मोडेल निर्माण गर्नु आवश्यक छ । हामीले सिर्जनात्मक ढंगले हरेक वस्तुको सदुपयोग गर्न सके देश आत्मनिर्भर हुन धेरै समय लाग्दैन ।’

दाहालले हालसम्म पनि विदेशी मोडेलको नक्कल गर्ने प्रवृत्तिलाई दुर्भाग्यपूर्ण भन्दै नेपाली सिप, श्रम, स्रोत र साधनलाई आफ्नै तरिकाले प्रयोग गर्नुपर्ने बताए ।

‘यदि हामीले आफ्नै मौलिक मोडेलमा आधारित राष्ट्रिय अभियान सञ्चालन गर्न सक्यौं भने नेपाललाई संसारकै सुन्दर र मौलिक विकासको नमूनाको रूपमा स्थापित गर्न सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal