आज :

अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, आजदेखि ५ दिनसम्म चल्ने

  • अनलाइन डबली

काठमाडौँ । अष्ट्रेलियन एजुकेशन फेयर २०२५ आजदेखि सुरु भएको छ ।  अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षीत गर्दै काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो ।

फेयरमा अष्ट्रेलियाका विभिन्न कलेजहरुका प्रतिनिधीहरुकै उपस्थितीमा कुन शहरका कुन विश्वबिद्यालयमा जाँदा बिद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइने तथा हरेक अप्ठ्यारा परिस्थितीहरुको सामना कसरी गर्ने भन्ने विषयमा समेत विश्वबिद्यालयका  प्रतिनिधि र काउन्सलरहरुले जानकारी दिने  गोरेटो एजुकेशन कन्सलट्यान्सीका सिनियर काउन्सलर प्रकाश रेग्मीले जानकारी दिए ।

५ दिनसम्म चल्ने फेयरमा अष्ट्रेलियामा रहेका विश्वबिद्यालयहरुको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लरहरुबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा पनि जानकारी दिइनेछ । फेयरमा उपस्थित हुने बिद्यार्थीहरुमध्ये १० भन्दा बढी बिद्यार्थीलाई आईएलट्स, टोफेलको निशुल्क व्यबस्था गरिने आयोजकले जनाएको छ ।  फेयरमा राष्ट्रिय स्तरका कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal