
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । शुक्रबारबाट सुरु भएको बैठक शनिबार बिहान ११ बजेबाट पुनः सुरु भएको थियो ।
बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले समसामयीक प्रस्ताव पेश गरेका थिए ।
अध्यक्ष प्रचण्डले राखेको प्रस्तावमाथि नेताहरुले आआफ्ना धारणा राखिरहेका छन् । बैठकमा नेताहरुलाई बोल्न समय १० देखि १५ मिनेट तोकिएको छ ।
माओवादीले स्थगित अभियान, सरकारको कामकारवाही, नेताहरुबीच देखिएका अन्तरविरोध, प्रमुख प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउनेलगायतका विषयमा नेताहरुले धारणा राखिरहेका छन् ।