
दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले ऊर्जाशील नेतृत्वको क्षमताका कारण दैलेखले सुन्दर सम्भावना बोकेको आफुलाई महशुस भएको बताउँनु भएको छ ।
शहिद स्मृति प्रतिस्ठान भबनको जुम भिडियोमार्फत उद्घाटन कार्यक्रममा यस्तो बताउँनु भएको हो । आफुले भवनलाई मध्यपहाडी लोकमार्ग अभियानको क्रममा सिङगो केन्द्रीय पदाधिकारी टिमले अबलोकन गरेको र भवन बहुयामिक भएको बताए ।
नेकपा माओवादी केन्द्रले नारायण न.पा –६ रामपुर दैलेखमा एउटा हलसहित १६ कोठे भब्य भवन निर्माण गरेको छ ।
‘जुम’ मार्फत अध्यक्ष प्रचण्डले पार्टीको संगठन बिस्तार र स्थानीय जनताको सेवामा भवन निर्माणले प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गर्दै भने, ‘शहीद स्मृति प्रतिस्ठान भबन निर्माणले जनयुद्धका शहीदलगायत सम्पूर्ण पीडितहरुलाई सम्मान हुनुको साथै पार्टी संगठन बलियो हुनेछ, यसले दैलेखको समग्र विकासको अभियानमा समेत सघाउ पुग्नेछ ।’
अध्यक्ष प्रचण्डले पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो । उहाँले जनताको अपेक्षा अनुसार परिणाम मुखी कार्य आवश्यक रहेको उल्लेख गरे ।
शहीद स्मृति प्रतिस्ठानका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज प्रेम कटुवालले भवन बन्नुले जनतासँग जोडिन सजिलो भएको बताए । भवन बनाउँदा रातदिन नभनि काम गरेको बताउँदै कमजोरी देख्ने संस्कार छोड्नुपर्ने बताए ।
भवन निर्माणसँगै दैलेखमा सांगठनिक उपस्थिति थप सुदृढ हुने अपेक्षा माओवादी केन्द्रले गरेको छ ।