आज :

विद्या भण्डारीको पक्षमा खुल्ने नेतामाथि एमालेले सुरू गर्याे कारवाही

  • अनलाइन डबली

काठमाडौँ । सक्रिय राजनीतिमा आउन ब्रेक लगाएपनि पूर्वराष्ट्र विद्यादेवि भण्डारीको पक्षमा नेता कार्यकर्तामाथि नेकपा एमालेले कारवाहीको डण्डा चलाउन थालेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले खान नसक्ने चेतावनी दिएकी थिइन् । भण्डारीको यो भनाईसँगै एमाले नेतृत्व थप चिढिएको छ ।

आफूलाई मदन भण्डारीले सदस्यता दिएको भन्दै भण्डारीले सक्रिय राजनीतिमा फर्किन कसैले रोक्न नसक्ने स्पष्ट सन्देश दिएकी थिइन् ।

भण्डारीको पत्रकार सम्मेलनमा सहभागी भएका एक युवा नेतालाई एमालेले कारवाही गरेको छ । एमालेको युवा संगठन नेपाल युवा सङ्घले लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ । सङ्गठनको गरिमा र अनुशासनमा आँच पुर्‍याउने काम गरेको भन्दै उनलाई निलम्बन गरिएको हो ।

महासचिव महेश चौलागाईले जारी गरेको पत्रमा पछिल्लो समय सङ्गठनमा प्राप्त जानकारी, उजुरी तथा प्रमाणका आधारमा तपाईंको गतिविधिबाट सङ्गठनको गरिमा र अनुशासनमा आँच पुगेको देखिएको उल्लेख छ । यस सम्बन्धमा सङ्घको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णयअनुसार तपाईँलाई मिति २०८२ असार २५ गते स्पष्टीकरण सोधिएको समेत बताइएको छ ।

यसैगरी एमालेले भण्डारीको पक्षमा नलाग्न मातहतका सदस्यताहरुलाई मौखिक सर्कुलर नै जारी गरेको बताइएको छ ।

केन्द्रीय समिति बैठकमा स्थायी समिति सदस्य कर्णबहादुर थापालाइ पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारवाही गर्ने चेतावनी दिएका थिए । भण्डारीको सदस्यता खोस्न वा राजनीतिमा रोक्न नहुने थापाले बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal